सिलगढीमा 10 वटा कुकुरका बच्चाहरूलाई विष खुवाएर हत्या गरेको आरोप

सिलगढी (निसं)l सिलगढीमा बेजुबान कुकुरको बच्चाहरूलाई विष खुवाएर हत्या गरेको मामिला अघि आएको छ। सिलगढी नगरनिगमको 18 नम्बर वार्ड अन्तर्गत राणा बस्ती संलग्न इलाकामा 10 वटा कुकुरको बच्चाहरूलाई विष खुवाएर हत्या गरेको आरोप उठेको छ। यसलाई लिएर सहरको विभिन्न पशु-प्रेमी संगठनहरू लगायत स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। प्रत्येक दिन झैँ गत राति पनि स्थानीय एकजना युवकले कुकुरको बच्चाहरूलाई खाना दिन गएको समय कुकुरको बच्चाहरू नदेखेपछि यताउता खोजी गर्न थाले। यसपछि तिनले एउटा नालीमा कुकुरको बच्चाहरूलाई मृत अवस्थामा भेट्टाएपछि घटनाबारे पशु प्रेमी संगठन तथा सिलगढी थानालाई खबर दिए। घटनाको खबर पाएर पशु-प्रेमी संगठन तथा पुलिसकर्मी घटनास्थलमा पुगेर नालीबाट मरेको कुकुरको 10 वटा बच्चा उद्धार गरेको छ भने अन्य 4 वटा बच्चा निखोज रहेको बताइएको छ। मरेको कुकुरको बच्चाहरूलाई पोस्टमार्टमको लागि पशु अस्पताल पठाइएको छ।  पुलिसले घटनाको जाँच शुरू गरेको छ।  स्थानीय मानिसहरूको आरोप अनुसार इलाकामा बहुतले भवनमुनि कुकुरको बच्चाहरू घुमफिर गर्ने गरेको धेरैजनालाई मन नपरेकोले गर्दा नै यस प्रकारको घटना घटेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *