सिलगढीमा 12 घण्टा बन्दको सामान्य प्रभाव

सिलगढी: कोलकाताको नवान्न अभियान अवधि पुलिसले वाम- कङ्ग्रेसको छात्र संगठनका समर्थकहरूमाथि गरेको लाट्टीचार्जको प्रतिवादमा विभिन्न वाम संगठनहरूले आज बङ्गालमा 12 घण्टाव्यापी बन्द बोलाइएको छ। सिलगढीमा आज बिहान बन्दको सामान्य असर देखा पऱ्यो भने विशेष गरेर वाहन तथा सिटी अटो, टोटोहरू सदा झैं चलेको देखिए तापनि मानिसहरूको भीड भने देखिएन। तथापि सिलगढी सहरको हिलहार्ट रोड, विधान रोड, विधान मार्केटका प्रायजसो सबै दोकानहरू बन्द रहेको छ। यसैगरी, आज बिहान एनजेपी तथा जक्शन परिसरमा स्थिति सामान्य देखियो। आज जक्शनबाट पहाड़को विभिन्न ठाउँहरूमा जाने वाहनहरू लगायत एनबीएसटीसी-को बस सेवा पनि सदा झै सुचारू रूपमा चल्यो। बन्द अवधि कुनै प्रकारको अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पुलिसले सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै विभिन्न इलाकाहरूमा धेरै संख्यामा पुलिस तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *