सिलगढीमा 12 जुनदेखि फर्स्ट डिभिजन लीग कम नकआउट फुटबल टुनार्मेन्टको आयोजना गरिने

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आगामी 12 जुनदेखि फर्स्ट डिभिजन लीग कम नकआउट फुटबल टुनार्मेन्ट 2022-23 को आयोजना गरिने भएको छ। सिलगढी महकुमा परिषदको कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी गराए। कोरोनाको परिस्थिति सामान्य बनेपछि यस वर्ष प्रथम डिभिजनको फुटबल प्रतियोगितामा क्लबहरू तथा खेलाडीहरूलाई आर्थिक सहयोग प्रदान गर्नको लागि वित्तीय सहयोग प्रदान गरिनेछ भने प्रत्येक खेलमा सर्वश्रेष्ठ खेलाड़ीलाई वित्तीय पुरस्कार प्रदान गरिनेछ। संगठनका सचिव सौरभ भट्टाचार्यले बताएअनुसार उक्त फुटबल प्रतियोगितामा 11 वटा टोलीले अंश ग्रहण गर्नेछन्। उक्त टोलीलाई दुईवटा विभागमा विभक्त गरिएको छ जसमा पहिलो विभागमा 6 वटा टोली र दोस्रो विभागमा 5 वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ। मोठ 28 वटा फुटबल म्याच हुनेछ। यस वर्ष रामगोपाल मेमोरियल अग्रवाल च्याम्पियन ट्रफी, निताई विश्वास मेमोरियल रनर्स ट्रफी र महेन्द्रलाल दे फेयर प्ले ट्रफी प्रदान गरिनेछ भने प्रत्येक फुटबल म्याच कञ्चनजङ्घा स्टेडियममै खेलाइनेछ। म्यान अफ् द टुर्नामेन्ट, बेस्ट गोलकिपर, फेयर प्ले ट्रफी, हायेस्ट स्कर्र लगायत अन्य पुरस्कार प्रदान गरिनेछ। आजको पत्रकार सम्मेलनमा महकुमा क्रीड़ा परिषदका सचिव कुन्तल गोस्वामी, कार्यवाहक अध्यक्ष नान्टु पाल, फुटबल सचिव सौरभ भट्टाचार्य, कोषाध्यक्ष सुभाशीष घोष लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *