सिलगढीमा 18 र 19 मार्च फोटो प्रदर्शनी साथै प्रतियोगिता

सिलगढी (निसं): सिलगढी फोटोग्राफर्स एसोसिएशनको तर्फबाट आगामी 18 र 19 मार्च दुई दिन सिलगढीको दीनबन्धु मञ्चको रामकिङ्कर हलमा फोटो प्रदर्शनी साथै प्रतियोगिताको आयोजना गरिने भएको छ। आज एसोसिएशनका सदस्यहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। सिलगढी फोटोग्राफर्स एसोसिएशन-का अध्यक्ष देवप्रतिम साहाले भने, यस फोटोग्राफी प्रदर्शनी साथै प्रतियोगितामा संसारभरिकै नामी-दामी फोटोग्राफरहरूको फोटो प्रदर्शनीमा राखिने छ। तिनीहरूले बताए अनुसार पाँच विषयमा फोटोग्राफी प्रदर्शनी अनि प्रतियोगिता आयोजित गरिने छ, जसमा वाइल्डलाइफ एन्ड बर्ड फोटोग्राफी, मैक्रो एन्ड क्लोजअप, पीपल एन्ड सिट्रेट, ल्यान्डस्केप र वेडिंग फोटोग्राफी सामेल छ। यस वाहेक, टक शो-को पनि आयोजना गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *