सिलगढीमा 1 करोड 65 लाख रुपियाँको सुनको बिस्कुटसहित 2 पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा कस्टम विभाग र डीआरआई-ले अभियान चलाएर 18 वटा सुनको बिस्कुटसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू महाराष्ट्र निवासी अङ्कित जैन र गौरव जैनको रूपमा चिन्हित गरिएको छ। कस्टम सूत्रले दिएको जानकारीअनुसार ती दुईजना व्यक्तिले उक्त सुन म्यानमारदेखि मणिपुर, असम हुँदै सिलगढी भएर महाराष्ट्रको जलगाउँमा तस्करी गर्ने उद्देश्यले लगिरहेका थिए। गोप्य सूत्रको आधारमा कस्टम विभाग र डीआरआई-ले सिलगढीको चम्पासरी मोडमा अभियान चलाएर महाराष्ट्रको नम्बर भएको वाहनलाई रोकेर छानबीन गर्दा चालकको सिटमुनिबाट सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। यसको साथै दुईजना व्यक्ति सहित एउटा वाहन पनि जफत गरेको छ। जफत गरेको उक्त सुनको बिस्कुटको ओजन 3 किलोग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 1 करोड 65 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *