सिलगढीमा 20औँ नाट्य मेला शुरू

सिलगढी : रङ्गारङ्ग शोभायात्राको साथमा आजदेखि 20औँ सिलगढी नाट्य मेला शुरू भएको छ। उक्त मेला आगामी 6 जनवरीसम्म चल्नेछ। यस वर्ष नाट्य मेलाको नारा प्रतिवादे प्रतिरोधे थियेटर रहेको छ। सिलगढीको बाघाजतिन मैदान अघिबाट एउटा शोभायात्रा निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि दीनबन्धु मञ्चमा पुगेर समापन गरियो। भोलि 2 जनवरीदेखि विभिन्न नाट्य गोष्ठीको तर्फबाट नाटक मञ्चन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *