सिलगढीमा 24 केजी गाँजासहित एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले 24 केजी गाँजासहित 1 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति एनजेपी थाना इलाकाको अरविन्दपल्ली निवासी राजु छेत्रीको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार शिवमन्दिर मेडिकल मोडमा अभियान चलाएर 24 केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त घटना अन्य व्यक्ति सामेल रहेको आंशकामा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *