सिलगढीमा 275 ग्राम ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले गत साँझ मिलन मोड़ इलाकामा मादक पदार्थ किनबेच गर्ने दुवैलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सुदीप गुप्ता र मासुम शेख सामेल छन्। तीमध्ये सुदीप प्रधान नगर थाना अन्तर्गत बाघाजतिन कोलनी र मासुम शेख कालियाचोक निवासी हुन्। एसओजीले पक्रा परेकाहरूबाट 275 ग्राम ब्राउन सुगर जफत गरेको छ भने यसको अनुमानित बजार मूल्य करोड़ रुपियाँ रहेको बताइएको छ। प्रधान नगर थाना अन्तर्गत मिलन मोड़ इलाकामा मादक पदार्थ तस्करी गरिने एसओजीले गोप्य सुइँको पाएपछि प्रधान नगर थाना पुलिसलाई साथमा लिएर उक्त इलाकामा अभियान चलाएर 275 ग्राम ब्राउन सुगर सहित 2 जना युवकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.