सिलगढीमा 27 दिसम्बरदेखि 4 दिवसीय नि:शुल्क नाट्य कार्यशाला गरिने

सिलगढी : तराई सिनी सोसाइटी एवम् कामता कल्चर सोसाइटीको संयुक्त पहलमा चार दिवसीय नाट्य कार्यशालाको आयोजना गरिने भएको छ। उक्त कार्यशाला कावाखालीस्थित एउटा निजी होटलमा आगामी 27 दिसम्बरदेखि शुरू गरेर 30 दिसम्बरसम्म चल्नेछ। तराई सिनी सोसाइटीको तर्फबाट बुद्धदेव बर्मनले बताएअनुसार नाट्य तथा अभिनयको क्षेत्रमा अवसरको कमीको कारण राजवंशी एवम् अन्य जनजातिहरू निक्कै पछि परेका छन्। यसैले नयाँ पिँढ़ीलाई अघि बढ़ाउने उद्देश्य लिएर उक्त कार्यशालाको आयोजना गरिने बताइएको छ। अर्कोतिर, कामता कल्चर सोसाइटीको तर्फबाट अनुप रायले बताएअनुसार सोसाइटीद्वारा प्रत्येक वर्ष नीजि शपिङ मलमा राजवंशी सम्प्रदायसित जडित एउटा ट्रेडिशनल फेशन शो-को आयोजना गरिरहेको छ। हाल कोरोना महामारीको कारण ठिकसित चल्न सकेको छैन। राजवंशी सम्प्रदायका बाहेक अन्य सम्प्रदायका कलाकारहरूले पनि नि:शुल्क उक्त कार्यशालामा अंश ग्रहण गर्ने सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *