सिलगढीमा 283 ग्राम ब्राउन शुगर सहित युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाएर 283 ग्राम ब्राउन शुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक नदिया जिल्लाको पलासी निवासी सुमन माझीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसओजी र भक्ति नगर थाना पुलिसले ब्राउन शुगर तस्करी गर्न एकजना युवक कोलकाताबाट सिलगढीमा आइपुगेको गोप्य सुइँको पाएपछि संयुक्त रूपमा थाना अन्तर्गत इलाकाको चन्डाल मोड़मा अभियान एकजना युवकलाई रोकेर ब्याग छानबीन गर्दा 283 ग्राम ब्राउन शुगर उद्धार गरेको बताइएको छ। पक्रा परेका युवकलाई भोलि सोमबार सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *