सिलगढीमा 2 दिसम्बरदेखि उत्तरबंग पुस्तक मेला

सिलगढी : ग्रेटर सिलगढी पब्लिसर्स एन्ड बुक सेलर्स वेलफेयर एसोसिएसनको व्यवस्थापनमा आगामी 2 दिसम्बरदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा 40औँ उत्तरबंग पुस्तक मेलाको आयोजना गरिने भएको छ। आगामी 11 दिसम्बरसम्म चल्ने उक्त पुस्तक मेलामा 70 वटा स्टल राखिनेछ। यसको साथै प्रत्येक दिन साँझ मेला प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ। मेला प्राङ्गणमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमका मेयर तथा मेलाका मुख्य सल्लाहकार गौतम देवले भने, आजको समाज इन्टरनेटसित जोडिएकोले पुस्तक पढ्न छाडिसकेको छ। यसैले नयाँ पिँढीलाई पुस्तकप्रति चासो बढाउने उद्देश्य लिएर उक्त पुस्तक मेलाको आयोजना गरिएको हो। पुस्तक मेलाको अवसरमा आगामी 3 दिसम्बरको दिन रङ्गारङ्ग शोभायात्राको आयोजना गरिने भएको छ। उक्त मेलाको प्रख्यात नाट्यकर्मी तथा अभिनेता देव शंकर हल्दारले उद्घाटन गर्नेछन् भने संगीतकार श्रमण गुहा ठाकुर उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *