सिलगढीमा 2 वटा कछुवा सहित एकजना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले दुईवटा कछुवा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिलगढी संलग्न बारीभाषा इलाका निवासी बिट्टु दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा आज दिउँसो बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले सिलगढीको सुपर मार्केटमा अभियान चलाए दुईवटा कछुवा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। बेलाकोवा रेञ्ज अफिस सूत्रले दिएको जानकारी अनुसार तस्करहरूले विभिन्न ठाउँहरूबाट सहरको विभिन्न मार्केटमा बिक्री गर्ने उद्देश्यले कछुवा ल्याउने गर्दछ। आज सिलगढीको सुपर मार्केटबाट उद्धार गरिएको कछुवा बिहारबाट ल्याइएको हो। पक्रा परेका व्यक्तिलाई भोलि मंगलबाट जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *