सिलगढीमा 2 वटा टोटो ठोक्किँदा 3 जना घाइते

सिलगढी : दुईवटा टोटो आपस्तमा ठोक्किँदा 3 जना घाइते भएका छन्। उक्त घटना उत्तरबंग मेडिकल कलेज संलग्न एसियन हाईवे 2 राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान 9 बजी एउटा मालवाहक टोटो र यात्री बोकेको टोटो आपस्तमा ठोक्किँदा 3 जना घाइते भएका छन्। स्थानी मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेको छ। उक्त दुर्घटनामा मालवाहक टोटो क्षतिग्रस्त बनेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *