सिलगढीमा 30 लाख रुपियाँको टिक काठसहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको डिटेकटिभ डिपार्टमेन्टले 30 लाख रुपियाँको टिकको काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा डिटेकटिभ डिपार्टमेन्टले फुलबारी चेकपोस्ट इलाकामा अभियान चलाएर एउटा 12 चक्के ट्रकलाई रोकेर छानबीन गर्दा 30 लाख रुपियाँ मूल्यको टिकको काठ उद्धार गरेको बताइएको छ। यसको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको छ। उक्त जफत गरेको काठ मेघालयबाट कोलकाता लैजाने योजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *