सिलगढीमा 38औँ फुल मेला आजदेखि शुरू

सिलगढी :  सिलगढीमा हर्टिकल्चर सोसाइटीको पहलमा 38औँ फुल मेलाको आजदेखि शुरू गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजना गरिएको उक्त मेलामा यसपल्ट विभिन्न प्रजातिका रङ्ग-बिरङ्गी फुलहरू बाहेक सब्जी साथै अन्य विविध स्टलहरू लगाइनेछ।


उक्त मेलामा पहिलोपल्ट एमबी र मनोकामना बिल्डर्सको रियल स्टेटको स्टलहरू पनि लगाइनेछ भने एमबी र रियल स्टेटको स्टल यसपल्टको मेलाको आकर्षणको केन्द्र विन्दु रहेको छ। उक्त फुल मेलामा घुम्न आउने फुल प्रेमीहरूले  फुल लगायत सपनाको घरबारे विविध जानकारी लिन सक्ने एमबी र मनोकामना बिल्डर्सको तर्फबाट जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *