सिलगढीमा 3 वटा कछुवा सहित 3 जना पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका वन कर्मीहरूले 3 वटा कछुवा उद्धार गर्नको साथै 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बिहार निवासी क्रमैले मोहम्मद हादिज, रोशन कुमार साहानी र सुरेन्दर कुमार सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा आज बिहान 4 बजी सिलगढीको दार्जिलिङ मोडमा अभियान चलाएर एउटा माछा बोकेको पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 3 वटा कछुवा उद्धार गरेको बताइएको छ। माछा राख्ने थर्मकलको कार्टुनमा कछुवा लुकाएर राखेको थियो। वन विभाग सूत्रले दिएको जानकारीअनुसार बिहारको भागलपुरबाट उक्त कछुवा सिलगढीमा बिक्री गर्ने उद्देश्यले ल्याएको बताइएको छ। पक्रा परेका 3 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *