सिलगढीमा 40 लाख रुपियाँको चोरीको सामग्रीहरू सहित 7 जना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले 40 लाख रुपियाँको चोरी गरेको सामग्रीसहित 7 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले अञ्जु शर्मा, सन्दीप नाथ, सुलतान इस्लाम, मुकसुदर हक, प्रसनजीत राय, रामकृष्ण बर्मन र राहुल घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार भक्तिनगर थाना पुलिसले 8 भिन्ना-भिन्नै चोरीको घटनाको जाँचमा जुटेर नगद रुपियाँ, बहुमूल्य सुनको गर-गहना सहित 40 लाख रुपियाँको चोरीको सामग्री उद्धार गरेको बताइएको छ। भक्तिनगर थाना पुलिसले हिजो एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डीसीप ईस्ट जोन जय टुडुले भक्तिनगर थानामा केही चोरीको घटनाबारे अभियोग दर्ता गरिएपछि घटनाको जाँचमा जुटेका पुलिसले ठुलो सफलता हात लागेको बताए। 8 वटा चोरीको घटनाको जाँचमा जुटेका पुलिसले 23 लाख रुपियाँको सुनको गर-गहना, 7 वटा ल्यापटप, 2 वटा मोबाइल, एउटा क्यामेरा, 2 वटा एलईडी टिभी र नगद रुपियाँ 85 हजार उद्धार गरेको तिनले बताए। आरोपीहरूलाई हाल पुलिस हिरासतमा लिएर सोधखोज जारी रहेको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *