सिलगढीमा 40 लाख रुपियाँको छिनताई भएको झुटो कहानी बनाउने महिला हिरासतमा

सिलगढी (निसं) : छिनताईको झुटो कहानीको जालमा मतिगढा कमलजोत इलाका निवासी मनप्रीत कौर नाम गरेको एउटी महिला आफै फँसेकी छन्। घटनाक्रमअनुसार मनप्रीत कौरले  रुपियाँ छिनताई भएको झुटो खबर पुलिसलाई दिएपछि मतिगढा थाना र मेडिकल आउटपोस्ट पुलिसले जाँच शुरू गर्दा मनप्रीत कौरमाथि सन्देह लागेर सोधखोज शुरू गरेको एक घण्टाको अवधिमै मनप्रीत कौरले छिनताईको झुटो कहानी रचेको पुलिसले थाहा पाए। प्राप्त जानकारी अनुसार मनप्रीत कौरले आज बिहान मेडिकल पुलिस आउटपोस्टमा फोन गरेर तिनको 40 लाख रुपियाँ छिनताई भएको खबर दिइन्। घटनाको खबर पाएर मतिगढा थानाका आईसी लगायत र मेडिकल आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर मनप्रीतसित घटनाबारे सोधखोज शुरू गरे। सोधखोज अवधि मनप्रीतले भनिन्, तिनी सिक्योरिटी गार्ड संस्थामा काम गर्ने गर्दछिन्। आज तिनी कम्पनीको 40 लाख रुपियाँ लिएर ब्याङ्कमा जम्मा गर्न गइरहेको समय तिनको घर कमलजोत इलाकामा 2 जना मानिसले तिनको पछि गर्दै रुपियाँले भरिएको ब्याग खोसेर भागेको बताइन्।। यसपछि पुलिसले तत्कालै कमलजोत इलाकामा रहेको एउटा स्कुल र मिठाई दोकानमा जडान गरिएको सीसीटीभी फुटेजको जाँच गर्दा पुलिसलाई मनप्रीत कौरमाथि शंका लागेर तिनलाई थाना लगेर लगभग 1 घण्टासम्म केरकार गर्दा तिनले छिनताईको झुटो कहानी बताएको कुरा स्वीकारिन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, मनप्रीत कौर सिक्योरिटी प्रोभाइड गर्ने संस्थामा काम गर्थिन्। उक्त संस्थाका मालिकबाट तिनले सुदमा रुपियाँ दिनको लागि लगभग 40 लाख रुपियाँ लिएकी थिइन्। मालिकले तिनीसित उक्त रुपियाँ फिर्ता माग्दा मनप्रीत कौरले 40 लाख रुपियाँ छिनताई भएको झुटो कहानी बनाइन्। हाल पुलिसले मनप्रीत कौरलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *