सिलगढीमा 500 ग्राम ब्राउन सुगर सहित 1 जना पक्राउ

सिलगढी (निसं): ब्राउन सुगर सहित 1 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुर जिल्ला निवासी रजक हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति रजक हुसेन उत्तर दिनाजपुरबाट बाइकमा सवार भएर ब्राउन सुगर डिलेभरी गर्नको लागि सिलगढी आएपछि एसएफ रोड संलग्न मिलनपल्लीको पीएनटी गल्लीमा घुमिरहेका थिए। यसबारे गोप्य सुइँको पाएपछि एसओजीले सिलगढी थाना पुलिसको साथमा उक्त इलाकामा संयुक्त अभियान चलाएर रजक हुसेनलाई पक्राउ गर्नको साथै तिनको बाइकको डिक्कीबाट 500 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *