सिलगढीमा 50 केजी गाँजासहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको प्रधाननगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दिनहाटा निवासी जाहगीर अलीको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा प्रधाननगर थाना पुलिसले सादा पोशाकमा सिलगढीको जङ्क्सन इलाकामा अभियान चलाएर एकजना पक्राउ गरेर छानबीन गर्दा 50 केजी गाँजा उद्धार गरेको बताइएको छ।


यसको साथै एउटा स्कुटी पनि जफत गरेको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य अढाई लाख रुपियाँ रहेको साथै कुचबिहारदेखि सिलगढीमा बिक्री गर्ने उद्देश्यले उक्त गाँजा ल्याएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *