सिलगढीमा 55 वटा सुगा सहित 2 जना पक्षी तस्कर पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागका अधिकारीहरूले सिलगढीको फुलबारी क्यानल रोडबाट 55 वटा सुगा सहित दुईजना पक्षी तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करबाट एउटा बाइक पनि जफत गरिएको छ। पक्रा परेकाहरू बिहार निवासी क्रमैले दिनेश दास र साज्जात आलमको रूपमा चिन्हित गरिएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका दुईजना व्यक्तिले उक्त पक्षीहरू मालबजारबाट बिहारमा बिक्री गर्ने उद्देश्यले लगिरहेको वन विभागका अधिकारीहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *