सिलगढीमा 5 जना बदमाशलाई पुलिसले गऱ्यो पक्राउ

सिलगढी (निसं): सिलगढीको सेभोक रोडमा एउटा ठूलो घटना घट्नु अगावै भक्ति नगर थाना पुलिसले पाँच जना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने बदमाशहरूको नाम बन्टी साहनी (19), पोबित्रा बर्मन (18), बिष्णु बर्मन (19), जीवन बोरो (30) र अजय साहनी (23) हो। तिनीहरूमध्ये जीवन असमका निवासी हुन् भने अन्य चार जना आरोपी भक्ति नगर थाना अन्तर्गत प्रकाश नगर र विवेकानन्द नगर इलाका निवासी हुन्। पुलिस सूत्र अनुसार, बन्टी, पवित्रो, विष्णु र अजय गत राति सेभोक रोडमा एउटा ठूलो आपराधिक घटनालाई अञ्जाम दिनका लागि असमबाट पाँचौ साथी जीवनलाई बोलाएका थिए। यसपछि पाँचै जना गाँधी मैदानमा भेला भएर प्लानिङ गरिरहेका थिए।  यसबारे सुइँको पाउन साथ भक्ति नगर थाना पुलिसले अभियान चलाएर बदमाशहरूलाई पक्राउ गरेको छ। बदमाशहरूबाट पुलिसले हतियारहरू पनि उद्धार गरेको छ। पुलिसले आज पाँचैजना बदमाशलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *