सिलगढीमा 5 जना बदमास पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले 5 जना बदमासहरूलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले बिट्टु पासवान (20), साहेब बर्मन (22), विजय शर्मा (27), कृष्णा सुब्बा (25) र उत्तम सरकार (34) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति पेट्रोलिङ अवधि पुलिसले दार्जिलिङ मोड़ नजिक केही व्यक्तिलाई संदिग्ध अवस्थामा देखेपछि सबैलाई हिरासतमा लिएर सोधखोज शुरू गरे। सोधखोज अवधि ती संदिग्ध व्यक्तिहरू कुनै ठुलो घटनालाई अन्जाम दिने उद्देश्य लिएर भेला भएको थाहा पाएपछि पुलिसले तिनीहरूलाई पक्राउ गरेर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *