सिलगढीमा 5 किलो सुनसहित 2 जना पक्राउ

सिलगढी : डीआरआईले गोप्य सूचनाको आधारमा अभियान चलाएर लगभग 5 किलो सुनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू राकेश कुमार गुप्ता र हरीश चन्द प्रसादको रूपमा चिन्हित गरिएको छ। राकेश मूलतः बिहार निवासी रहे तापनि अस्थायी रूपमा बंगालमा बस्दै आइरहेका छन् भने हरीश बंगाल निवासी हुन्। डीआरआईले तिनीहरूबाट 4 किलो 980 ग्राम सुन उद्धार गरेको छ। जफत गरेको उक्त सुनको अनुमानित बजार मूल्य 2 करोड़ 65 लाख 40 हजार 702 रुपियाँ रहेको छ। डीआरआईले आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार यी दुई आरोपीलाई सिलगढीको वर्द्धवान रोडबाट पक्राउ गरेको हो भने उक्त सुन म्यानमारबाट कोलकाता लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *