सिलगढीमा 600 ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

सिलगढी : सिलगढीको प्रधान नगर थाना पुलिसले गोप्य सूत्रको आधारमा ब्राउन सुगर सहित एकजना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिला मुर्शिदाबाद निवासी मोरजीना बेगमको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले बताए अनुसार गत बुधवार मुर्शिदाबादबाट एकजना महिला ब्राउन सुगर लिएर सिलगढी तस्करी गर्नको लागि आएको पुलिसले गोप्य सुइँको पाएको थियो। गत राति सिलगढीको जक्शन संलग्न इलाकाबाट सेतो पोशाकमा पुलिसले अभियान चलाएर एकजना महिलालाई देखेपछि सन्देहको आधारमा छानबिन गर्दा तिनको बेगबाट 600 ग्राम ब्राउन सुगर भेट्टाइयो। उक्त उद्धार गरिएको ब्राउन सुगरको मूल्य लाखौ रूपियाँ रहेको बताइएको छ। यसपछि उक्त महिलालाई पक्राउ गरेर प्रधान नगर थाना पुलिसले छानबिन गर्नको साथै पक्रा परेकी महिला मोरजीना बेगमलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *