सिलगढीमा 6 मईदेखि 62औँ सीनियर स्टेट खो-खो प्रतियोगिताको आयोजना गरिने

सिलगढी : सिलगढी महकुमा खो-खो संस्था एवम् सिलगढी नगरनिगमको सहयोगमा 62औँ सीनियर स्टेट खो-खो प्रतियोगिता आगामी 6 मईको दिन आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता तीन दिनसम्म चल्नेछ। तराई तारापद आदर्श विद्यालय परिसरमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर समितिका अध्यक्ष आलोक चक्रवर्तीले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार सिलगढी सहरलाई खेलहरूको सहर भनेर चिनिने गरिन्छ। हाल अन्य खेलहरू झैँ सिलगढीमा खो-खो खेलले आफ्नो स्थान बनाइसकेको छ। यसपल्ट 62औँ सीनियर स्टेट खो-खो प्रतियोगिता  आगामी 6 मईदेखि सिलगढी तराई तारापद आदर्श विद्यालयको मैदानमा शुरू हुने भएको छ भने यसको उद्घाटन समारोह  6 मई  अपरान्ह 3:30 बजी गरिने भएको छ। राज्यको विभिन्न ठाउँका खेलाडीहरूसहित पश्चिम बंगाल पुलिसले पनि उक्त प्रतियोगितामा अंश ग्रहण गर्ने भएको छ। उक्त प्रतियोगितामा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेप्टी मेयर रञ्जन सरकार, टेबल टेनिसमा बङ्गरत्नद्वारा सम्मानित भारती घोष लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *