सिलगढीमा 80 वर्ष पुरानो जीर्ण अवस्थामा पुगिसकेको एउटा घरलाई भत्काइदियो नगर निगमले

सिलगढी (निसं): लगभग 80 वर्ष पुरानो ढल्ने स्थितिमा पुगिसकेको एउटा घरलाई सिलगढी नगर निगमले भत्काइदिएको छ। आज बिहिबार सिलगढीको 8 नम्बर वार्डको शिवाजी रोडमा खतरनाक जीर्ण अवस्थामा रहेको एउटा घर भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार उक्त घर लगभग 80 वर्ष पुरानो रहेको साथै उक्त बहुतले घरमा दोकान लगायत मानिसहरू भाडामा बस्दै आइरहेका थिए। नगर निगमको तर्फबाट कुनै पनि समय ढल्न सक्ने स्थितिमा पुगेको उक्त घरको मालिकलाई अगावै नोटिस पठाए तापनि उक्त जीर्ण तथा खतरनाक स्थितिमा पुगिसकेको घरलाई नभत्काएको बताइएको छ। यसपछि नै आज नगर निगम आफैले जेसीबीको सहयोगमा घर तोडिदिएको छ।
आज बिहानदेखि नै पुलिसको उपस्थितिमा घर भत्काउने काम शुरू गरेको थियो। जानकारी अनुसार घर मालिक रमेश अग्रवाललाई पहिलो पल्ट दिसम्बर महिनामा नोटिस जारी गरेको थियो। यसपछि फेरि पनि नगर निगमले नोटिस पठाएको थियो। हालैमा पनि नगर निगमको तर्फबाट घर भत्काउनका लागि अन्तिम नोटिस पठाए पछि पनि घर नभत्काएपछि आज बिहानदेखि नगर निगमका कर्मचारीहरूले भत्काउने कार्य सुरू गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvBetebet matbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciojojobetgrandpashabettambet giriştambetgrandpashabettambetgrandpashabetgrandpashabet girişbetgitcasibomradissonbetcasibompusulabet girişbetcio girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes