सिलगढीमा 85 लाख रुपियाँ ठगेको आरोपमा खालपाडाका व्यवसायी पक्राउ

सिलगढी (निसं): आफ्नो जमिन हो भन्दै अर्काको जमिन देखाएर 85 लाख रुपियाँ ठगेको आरोपमा एनजेपी पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम सन्दीप कुमार गुप्ता बताइएको छ। प्राप्त जानकारी अनुसार झिलमिल वाणिज्य प्राइभेट लिमिटेडकी बेला अग्रवालले खालपाडाका व्यवयासी सन्दीप कुमार गुप्ता र पंकज कुमार गुप्ता नाम गरेका दुई दाजु-भाइबाट जमिन लिने भएको थियो। आरोप अनुसार दुई दाजु-भाइले स्वयम्‌लाई जमिनको मालिक भनेर बेला अग्रवालबाट 85 लाख रुपियाँ एडभान्स लिएका थिए। तर बेला अग्रवालले जमिनको कागजपत्रको जाँच गर्दा मालिकाना दावा नकली रहेको थाहा पाएपछि तिनले गत 29 अगस्तमा एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले  गत 14 सेप्टेम्बरमा पंकज कुमार गुप्तालाई पक्राउ गरे तापनि हाल तिनी जमानतमा रिहा भएका छन् भने अर्का आरोपी सन्दीप कुमार गुप्ताले सुइँकुच्चा ठोकेका थिए। अन्ततः एनजेपी पुलिसले थाना अन्तर्गत इलाकाबाट गत 19 दिसम्बरको साँझ सन्दीप कुमार गुप्तालाई पक्राउ गरेपछि हिजो तिनलाई जलपाईगढी अदातलमा पेश गर्यो। अदालतले तिनको जमानत अस्वीकार गर्दै तिनलाई 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। सूत्रले दिएको जानकारी अनुसार सन्दीप कुमार गुप्ताले हाईकोर्टमा आफ्नो अग्रिम जमानतको अर्जी गरे तापनि हाईकोर्टले तिनको जमानत अर्जी खारेज गरिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes