सिलगढीमा 9 वर्षीय बालिकासित दुष्कर्म गर्ने प्रयास, छिमेकी पक्राउ

सिलगढी (निसं): सिलगढीमा 9 वर्षीय बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको छिमेकी वृद्धविरुद्ध अभियोग उठेको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर आरोपी वृद्धलाई पक्राउ गरेको छ। पक्रा परेका छिमेकी वृद्धको नाम बलई साहा (57) बताइएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो खालपाडा आउटपोस्ट अन्तर्गत इलाकामा एउटी 9 वर्षीय बालिका घरमा एक्लै थिइन्। त्यस समय तिनको आमा आफ्नो दोकानमा थिइन्। छिमेकी वृद्धले बालिका घरमा एक्लै रहेको फाइदा उठाएर तिनको घरमा पसेर बालिकाको मुख थुनेर दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। त्यहीँ समय बालिकाको आमा घर आइपुगिन्। यसपछि घटनालाई लिएर इलाकामा हो-हल्ला मच्चियो। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिस तत्कालै घटनास्थलमा पुगेर आरोपी वृद्धलाई पक्राउ गरेर थानामा लगेको बताइएको छ। पक्रा परेका आरोपीलाई भोलि बिहिबार सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *