सिलगढीमा 9 जनवरीदेखि दादुरा-रूबेला टीकाकरण शुरू गरिने: जिल्लाशासक

सिलगढी : सिलगढी महकुमा इलाकामा 9 जनवरीदेखि दादुरा-रूबेला भाइरसको टीकाकरण प्रक्रिया शुरू गरिने भएको छ। सिलगढी महकुमाको सरकारी र निजी स्कुलहरूमा यो टीकाकरण प्रक्रिया शुरू गरिनेछ। आज दार्जिलिङका जिल्लाशासक एस पन्नमबलमले टीकाकरण प्रक्रियाबारे जानकारी दिएका छन्। आज सिलगढी महकुमा परिषदको कार्यालयमा जिल्लाशासकले भने, सिलगढी महकुमाको सरकारी र निजी स्कुलहरू मिलाएर लगभग 1 हजार 215 स्कुलहरूमा टीकाकरण प्रक्रिया शुरू गरिनेछ। स्कुल आधारित टीकाकरण प्रक्रिया पुरा भएपछि स्थानीय कम्युनिटी हलहरूमा टीकाकरण प्रक्रिया शुरू गरिनेछ। अर्कोतिर, सिलगढी जिल्ला अस्पताल लगायत ब्लक स्वास्थ्य केन्द्रहरूमा पनि टीकाकरण उपलब्ध रहनेछ। तथापि, जिल्लाशासकले घर-घरमा गएर टीकाकरण नगरिने स्पष्ट पारे। सिलगढी महकुमा इलाकामा लगभग 2 लाख 63 हजार नानीहरूलाई टीकाकरण गरिने लक्ष्य राखिएको छ। यसको साथै 15 फरवरीदेखि पहाड़को स्कुलहरूमा पनि टीकाकरण शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *