सिलगढीमा आफ्नै साथीको हत्या गरेको एकजना व्यक्तिमाथि आरोप

सिलगढी (निसं): एकजना व्यक्तिमाथि आफ्नो साथीको हत्या गरेको आरोप लगाइएको छ। यो घटना गत राती सिलगढीको झङ्कार मोडको नव निर्मित फ्लाइओभर ब्रिज नजिक घटेको हो। मृतकको नाम देव भानू भूति (34) हो। तिनी सिलगढी नगर निगमको 4 नम्बर वार्ड निवासी थिए। अर्कोतिर, आरोपीको नाम सिन्टू कुमार बताइएको छ।

प्राप्त जानकारी अनुसार, देव भानू भूति र सिन्टू कुमार एक समय खुबै मिल्ने साथी थिए। तर यो मित्रता एउटा सानो कुराले गर्दा दुश्मनीमा परिणत भयो। घटनाक्रम अनुसार लगभग 20 दिन पहिला सिन्टू कुमार मातेको अवस्थामा देव भानू भूतिको घरमा आएका थिए। यसपछि दुवै माझ झमेला भयो। यस अवधि सिन्टूले देव भानू भूतिलाई धम्की दिएको आरोप रहेको छ। यता, बिहिबार राति सिन्टू आफ्नो केही साथीहरूसित झङ्कार मोडको नव निर्मित फ्लाईओभर ब्रिज छेउमा थिए। त्यहीं समय देव भानू भूति टोटो चलाएर घर फर्कीरहेका थिए। यस मौकाको फाइदा उठाएर सिन्टूले आफ्नो साथीहरूसित देव भानू भूतिलाई रोकेर कुटपिट गर्नको साथै तिनको घाँटी निमोटेको आरोप रहेको छ। यसपछि घटनाको जानकारी पाएपछि परिवारका सदस्यहरू घटनास्थलमा आइपुगेर देव भानू भूतिलाई सिलगढी जिल्ला अस्पतालमा पुऱ्याएर भर्ती गरे। जहाँ, चिकित्सा अवधि देव भानू भूतिको मृत्यु भयो।

अर्कोतिर, मृतकको परिवार पक्षले आरोपी सिन्टू कुमार लगायत तिनका साथी बप्पा दास अनि चार जनाको नाममा खालपाडा आउट पोस्टमा लिखित अभियोग दर्ता गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciojojobetgrandpashabettambet giriştambetgrandpashabettambetgrandpashabetgrandpashabet girişbetgitcasibomradissonbetcasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes