सिलगढीमा आगलागी हुँदा 7 वटा दोकानसहित 2 वटा गोदाम जलेर नष्ट

सिलगढी : सिलगढीको जलपाईमोड नजिक आगलागी हुँदा 7 वटा दोकान सहित 2 वटा गोदाम जलेर खरानी भएको छ। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार आज बिहान साढे 8 बजी गोदाममा आगो लागेपछि यसको नजिकमा रहेको होटल, सेलुन, ग्यारेज लगायत अन्य दोकानहरू उक्त आगोको चपेटमा परेर नष्ट भएको बताइएको छ।


आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग एक घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *