सिलगढीमा आग्नेयास्त्र सहित युवक पक्राउ  

सिलगढी (निसं): भक्तिनगर थाना पुलिसले आग्नेयास्त्र सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्ने युवकको नाम बाप्पी माहतो बताइएको छ। तिनी खोलाचन्द फापरी निवासी हुन्। सूत्र अनुसार,  गत राति सालुगढा वन रेञ्ज कार्यालय संलग्न खोलाचन्द फापरीमा सन्दिग्ध एकजना युवक आग्नेयास्त्र लिएर घुमफिर गरिरहेको खबर पाउन साथ एसआई युएल लेप्चाको नेतृत्वमा पुलिसको टीम घटनास्थलमा पुगेर युवकलाई पक्राउ गरेर छानबीन गर्दा एउटा आग्नेयास्त्र, एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *