सिलगढीमा आग्नेयास्त्र सहित व्यक्ति पक्राउ

सिलगढी : सिलगढी थाना अन्तर्गत एनटीएस मोड़बाट आग्नेयास्त्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति चोपडा निवासी मोहसिन आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुकना त्रिशक्ति कोर इन्टेलिजेन्स ब्युरोको खबरको आधारमा सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) र सिलगढी थाना पुलिसले संयुक्त अभियान चलाएर सिलगढी थाना अन्तर्गत एनटीएस मोड़बाट एउटा आग्नेयास्त्र, 4 वटा जिउँदो कार्तुस सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार मोहसिन चोपड़ाबाट हिजो साँझ सिलगढीको जलपाईमोड़मा ओर्लिएपछि त्यहाँबाट एनटीएस मोड़ गएका थिए। मोहसिनले उक्त आग्नेयास्त्र बिक्री गर्ने अथवा कुनै अपराधलाई अन्जाम दिने उद्देश्यले सिलगढी आएको पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *