सिलगढीमा आग्नेयास्त्रसहित कुख्यात 5 जना डकैत पक्राउ

सिलगढी : पुलिसले 5 जना कुख्यात डकैतलाई 2 वटा पिस्तोल, 2 वटा बाइकलगायत नकली नोटसहित पक्राउ गरेको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डीसीपी डीडी कुंवर भुषण सिंहले यसबारे जानकारी दिएका छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार बिहारबाट आएको 5 जना डकैतले एनजेपी थाना इलाकामा डकैती गर्ने योजना बनाइरहेको गोप्य सूचना पाएपछि स्पेसल टाक्स फोर्सले सिलगढी मेट्रोपलिटन पुलिसलाई खबर दिए। यसपछि सिलगढी मेट्रोपोलिटन पुलिसको डीसीपी र एनजेपी थानाले संयुक्त अभियान चलाएर 5 जना डकैतलाई पक्राउ गरेको बताइएको छ। पुलिसले ती डकैतहरूबाट 2 वटा पिस्तोल, 2 वटा बाइक, 5 वटा मोबाइललगायत नकली नोट उद्धार गरेको छ। उद्धार गरिएको उक्त नकली नोट ती डकैतहरूले कहाँ लैजाने उद्देश्यले ल्याएका थिए भन्नेबारे पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *