सिलगढीमा आग्नेयास्त्र सहित युवक पक्राउ 

सिलगढी प्रधान नगर थाना पुलिसले आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 24 वर्षीय उमेश यादवको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी उमेश यादव हिजो सिलगढीको डागापुर इलाकामा कुनै आपराधिक घटनालाई अन्जाम दिनको लागि घुमिरहेको खबर पाएपछि प्रधान नगर थाना पुलिस उक्त इलाकामा पुगेर युवकलाई पक्रेर छानबीन गर्दा एउटा लोकल मेड वान सटर पिस्तोल र एउटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले गैर कानुनी रूपमा हतियार राखेको आरोपमा उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *