सिलगढीमा आग्नेयास्त्र सहित 4 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सिलगढीको बारीभाषा इलाकामा अभियान चलाएर आग्नेयास्त्रसहित 4 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा बाग्राकोर्ट निवासी रबी साहनी, राजाहली निवासी मोहम्मद रियाज, कालेबुङ निवासी बसन्त कुमार राई र शान्तिपाडा निवासी विशाल राय सामेल छन्। पुलिसले पक्रा परेका युवकहरूबाट एउटा अटोमेटिक पिस्तोल सहित दुई राउण्ड जिउँदो कार्तुस पनि उद्धार गरेको छ। 


पुलिस सूत्रले दिएको जानकारीअमनुसार हिजो बारीभाषा इलाकामा केही अपराधमूलक कार्य गर्ने उद्देश्य लिएर 10-12 जना युवकहरू भेला भएको पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर आग्नेयास्त्र सहित 4 जना युवकलाई पक्राउ गरे तापनि घटनास्थलबाट अन्यले सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिस अन्य आरोपीहरूको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *