सिलगढीमा आग्नेयास्त्र सहित 2 जना पक्राउ

सिलगढी : पञ्चायत चुनाउ नजिकै रहेकोले इलाकामा असामाजिक कार्य निक्कै बढ्दै गइरहेको छ। फुलबारी संलग्न इलाकाबाट आग्नेयास्त्र सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा राज कुमार साहानी (38) र जलन्दर साहानी (23) सामेल छन् भने तीमध्ये राज कुमार एनजेपीको राजाहोली र जलन्दर प्रधाननगर थाना इलाका निवासी हुन्।


गोप्य सूचनाको आधारमा हिजो साँझ एनजेपी थाना पुलिस र स्पेसल अपरेसन ग्रुप-ले फुलबारी क्यानल रोड इलाकामा अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा 7.65 एमएम पिस्तोल, 3 राउण्ड जिउँदो कार्तुस र 2 वटा मोबाइल उद्धार गरेको छ। पक्रा परेका 2 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *