सिलगढीमा आगो लागेर 8 वटा दोकान स्वाहा

सिलगढी: सिलगढीको रवीन्द्रनगर मोडमा आगलागी हुँदा मोठ 8 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान 3 बजी रवीन्द्रनगर मोडमा आगो लागेर हाडवेयर, मोबाइल, मिठाई दोकानलगायत मोठ 8 वटा दोकान जलेर भष्म भएको बताइएको छ। घटनाको खबर पाएर दमकलको 5 वटा इञ्जिन घटनास्थलमा पुगेर 4 घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागीको खबर सुनेपछि विधायक शङ्कर मालाकार, तृणमूल जिल्ला सभापति रञ्जन सरकार, भाजपा जिल्ला सभापति प्रवीण अग्रवाल, रथीन्द्र बोसलगायत वामफ्रन्टका काउन्सिलरहरू घटनास्थलमा पुगे। राज्यका पर्यटन मन्त्री गौतम देव र सिलगढी नगरनिगमका मेयर तथा विधायक अशोक भट्टाचार्य सहरदेखि बाहिर रहेकोले गर्दा फोनमार्फत् घटनाबारे जानकारी लिएको बताइएको छ। सबै पार्टीका सदस्यहरूले आफूहरू पीडित व्यवसायीको साथमा रहेको बताउँदै नगरनिगमको भूमिकालाई लिएर विरोधी दलका नेताहरूले प्रश्न खडा गरेका छन्। अर्कोतिर, मेयर परिषद् शङ्कर घोषले अन्य विपक्षी पार्टीहरूले आगलागीको घटनालाई लिएर व्यर्थमा राजनीति गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *