सिलगढीमा आज बिहान धारिलो हतियारले प्रहार गरेर एकजनाको हत्या

सिलगढी : सिलगढीको शान्तिनगर इलाकामा आज बिहान लगभग साढ़े 8 बजी एकजना व्यक्तिको हत्या भएको मामिला प्रकाशमा आएको छ। उक्त घटनाले इलाकामा सनसनी फैलिएको छ। पारिवारिक विवादको कारण फुपुको छोरा शङ्कर दासले तिनको हत्या गरेको हुनसक्ने बताइएको छ। घटनाको खबर पाएर आशिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार आज बिहान शङ्कर दास इलाकाको एउटा चिया दोकानमा चिया पिइरहेको समय तिनका आफन्ता सुरेशले धारिलो हतियारले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भए। तिनी चिच्याएको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेर खुनले लतपत अवस्थामा शङ्करलाई उद्धार गरेर अस्पताल लगे तापनि बाटोमै तिनको मृत्यु भएको बताइएको छ। एसीपी ईस्ट शुवेन्द्र कुमारले बताएअनुसार के कारणले गर्दा तिनको हत्या गरिएको हो भन्नेबारे जाँच चलिरहेको साथै आरोपी सुरेशसित घटनाबारे सोधखोज भइरहेको छ। अर्कोतिर, प्रत्यक्षदर्शी एकजना व्यक्तिले बताएअनुसार शङ्करलाई आज बिहान धारिलो हतियारले सुरेशले प्रहार गरेपछि गम्भीर घाइते अवस्थामा तिनलाई स्थानीय मानिसहरूले उद्धार गरेर अस्पताल लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। हत्याका आरोपी सधैँ जसो नै मदपान गरेको अवस्थामा देखिने गरेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *