सिलगढीमा आज कोरोनाको 20 वटा नयाँ मामिला

सिलगढी : सिलगढी सहरमा हालसम्म कोरोना संक्रमितको 20 नयाँ मामिला देखा परेको छ। नगरनिगमको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार संक्रमित सबै सिलगढी नगरनिगमका वासिन्दा रहेको साथै ती सबैलाई उपचारको लागि सिलगढीको कोभिड अस्पतालमा लगिएको छ। प्रशासनिक सूत्रले दिएको जानकारीअनुसार कोरोना संक्रमितहरूमध्ये लिचु बगानका 2 जना, टिकियापाडाका 5 जना, नवग्रामका 1 जना, महाराज कोलनीका 1 जना, यादवपल्लीका 1 जना, चयनपाडाका 2 जना, श्रावण नगरका 1 जना, एक्टियासाल भुपेन्द्रनगरका 1 जना, दार्जिलिङ मोडका 2 जना, घोगोमालीका 1 जना, समरनगरका 1 जना, सेभोक रोड इलाकाका 1 जना र सुभाषपल्लीका 1 जना सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.