सिलगढीमा आज कोरोनाको 19 नयाँ मामिला

सिलगढी : सिलगढीमा कोरोना संक्रमितहरूको संख्या लगातार बढ्दै गइरहेको छ। सिलगढी नगरनिगम सूत्रले दिएको जानकारी अनुसार आज सिलगढीमा कोरोना संक्रमणको 19 वटा नयाँ मामिला देखापरेको छ। सिलगढीको कुन-कुन वार्डहरूमा कोरोना संक्रमितहरू पाइएको छ भन्नेबारे जाँच शुरू गरिएको बताइएको छ। स्मरण रहोस्, सिलगढी नगरनिगमको विभिन्न वार्डहरूमा हिजो 14 जना मानिसहरूको स्वाब टेस्टमा कोरोना संक्रमित भेट्टाइएपछि तिनीहरूलाई यहाँको कोभिड अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *