सिलगढीमा आजदेखि द्वारे सरकार शिविर शुरू

सिलगढी : सिलगढीमा आजदेखि द्वारे सरकार शिविर शुरू भएको छ। सिलगढी नगरनिगम इलाकाको विभिन्न बोरो कार्यालयको तर्फबाट उक्त द्वारे सरकार शिविरको आयोजना गरिएको हो। यसभन्दा अघि विभिन्न सरकारी परियोजनामा आफ्नो नाम सामेल गर्न नसक्ने मानिसहरूले द्वारे सरकार शिविरको माध्यमद्वारा यसको लाभ उठाउन सक्नेछन्। उक्त शिविरमा मुख्यतः लक्खी भण्डार परियोजनाको लाभ उठाउने चाहने महिलाहरूको निक्कै भीड देखियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *