सिलगढीमा आजदेखि फुटबल लीग शुरू

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आजदेखि फुटबल लीग शुरू भएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज बिहानदेखि दादाभाई स्पोर्टिङ क्लब बनाम रवीन्द्र संघमाझ सुपर डिभिजनको फुटबल खेल शुरू भयो। भाजपा नेता नान्टु पाल, सिलगढी नगरनिगमका प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, सिलगढी महकुमा क्रीड़ा परिषद्का सचिव कुन्तल गोस्वामी लगायत अन्यले फुटबल खेलाडीहरूलाई फुलको गुच्छा प्रदान गरेर सम्मान जनाए। प्रत्येक वर्ष झैँ यसपल्ट पनि पहाडका खेलाडीहरूले फुटबल लीगमा अंश ग्रहण गरेका छन्। यस अवसरमा सिलगढी महकुमा क्रीडा परिषद्का सचिव कुन्तल गोस्वामीले भने, यस वर्षको फुटबल लीगमा महिला रेफरीले आफूहरूलाई सहयोग पुर्‍याइरहेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *