सिलगढीमा आजदेखि गैर सरकारी बसहरूको चलाचल बन्द, यात्रीहरू समस्यामा

सिलगढी : बस चलाचल गर्नमा निक्कै समस्या भइरहेको साथै पुलिसले दिग्दारी दिइरहेको आरोप लगाउँदै गैर सरकारी बसका मालिक, चालक लगायत कर्मचारीहरूले सिलगढीमा आजदेखि अनिश्चितकालीन बस बन्द राख्ने निर्णय लिएका छन्। यसले गर्दा साधारण मानिसहरूलाई असुविधाको सामना गर्न परिरहेको छ। प्राप्त जानकारी अनुसार आज बिहानदेखि गैर सरकारी बसको चलाचल बन्द रहेकोले गर्दा विशेष गरेर दैनिक आवाजाही गर्ने यात्रुहरूलाई निक्कै असुविधा भइरहेको छ। सिलगढीको कोर्टमोडबाट दिनहुँ धेरै संख्यामा गैर सरकारी बसहरू चलाचल गर्ने गर्दछ। तर आज बिहानैदेखि बस परिसेवा बन्द रहेकोले गर्दा धेरैजना मानिसहरूले बसको प्रतीक्षा गरिरहेको देखियो। बस चालक तथा कर्मचारीहरूले बताएअनुसार बस चलाचल गर्ने क्रममा आफूहरूले विविध समस्याको सामना गर्न परिरहेको साथै ट्राफिक जामको समस्या पनि भोग्न परिरहेको छ। आफूहरूको समस्याको समाधान नभएसम्म गैर सरकारी बसहरूको चलाचल बन्द रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *