सिलगढीमा अचम्मको होली लटरी खेलमा जित्नेलाई जोडी खसी लगायत रम-रक्सी, कुखुरा, इलिस माछा

सिलगढी : ‘सबाई भालो, आमरा खाराब अर्थात् सबै राम्रो, हामी नराम्रो  आयोजक समितिको तर्फबाट सिलगढीको आश्रमपाडाका केही व्यवसायीहरूको पहलमा विशेष लटरी खेलाको आयोजना गरिने भएको छ। उक्त लटरीको टिकटको मूल्य 10 रुपियाँ रहेको छ भने यसको पुरस्कारको रूपमा जोडी खसी, विदेशी रम-रक्सी, देशी कुखुरा, इलिस माछा रहेको छ। यसको साथै सान्तवना पुरस्कार स्वरूप एउटा कुखुरा रहेको छ। विशेष गरेर सहरका सुरा प्रेमीदेखि लिएर खाद्य प्रेमीहरूको लागि यो लटरी आकर्षणको केन्द्र विन्दु बनेको छ। सिलगढीको आश्रमपाडाका केही व्यवसायीहरूले केही वर्ष अघिदेखि यस प्रकारको लटरी खेलाको आयोजना गर्दै आइरहेका छन्। लटरीको टिकट बिक्री शुरू भएर पनि केही दिनमै शेष भइसकेको बताइएको छ। आयोजक बापी घोषले बताएअनुसार होलीको समयमा बाहिर यस प्रकारको लटरी खेला देखेपछि आफूले पनि यस प्रकारको लटरी खेला शुरू गरेको हो। आज मंगलबार राति लटरी खेलाको परिणाम हुनेछ भने भोलि बुधबार यसको पुरस्कार वितरण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *