सिलगढीमा अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी :  एनजेपी स्टेशन संलग्न इलाकामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार शुक्रबार बिहान स्थानीय मानिसहरूले एनजेपी स्टेशन संलग्न इलाकास्थित तृणमूल कांग्रेसको पार्टी कार्यालय नजिक उक्त व्यक्तिको शव देखेपछि तत्कालै पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रअनुसार मृतक व्यक्ति पेशाले रिक्शा चालक थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *