सिलगढीमा अझ दुई दिन अत्याधिक गर्मी हुने मौसम विभागको चेताउनी

सिलगढी : आउँदो केही दिनसम्म सिलगढीमा अझ अत्याधिक गर्मी हुने सिक्किम मौसम विभागका अधिकारी गोपीनाथ राहाले जानकारी दिएका छन्। गत दुई दिनदेखि उखरमाउलो गर्मीको कारण जन-जीवन अस्त-व्यस्त बन्न पुगेको छ। हिजो सिलगढीमा अधिकतम तापमान 38.1 डिग्री रहेको थियो भने आज सामान्य भन्दा 4 डिग्री अधिक रहेको छ। जुन यसै वर्षको रिकर्ड तापमान हो। आज सिलगढीको तापमान लगभग 36 डिग्री रहेको छ। आगामी  8 र 9 अगस्तमा पहाड़, सिलगढी संलग्न अञ्चलहरूमा पानी पर्ने सम्भावना रहे तापनि अत्याधिक वर्षाको सम्भावना भने नरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *