सिलगढीमा अन्तर-बस्ती क्रीड़ा प्रतियोगिता शुरू

सिलगढी : सिलगढी नगरनिगमको पहलमा 26औँ अन्तर-बस्ती क्रीड़ा प्रतियोगिता शुरू भएको छ भने आगामी 29 जनवरीसम्म चल्नेछ। नगरनिगमका मेयर गौतम देवले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियममा क्रीड़ा प्रतियोगिताको विधिवत उद्घाटन गरे। यस अवसरमा नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डेपुटी मेयर रञ्जन सरकार, मेयर पार्षद लगायत अन्य उपस्थित थिए। परेवा तथा बेलुन उडाएर क्रीड़ा प्रतियोगिताको शुरुआत गरियो। यस क्रीड़ा प्रतियोगितामा नगरनिगमको विभिन्न वार्डबाट लगभग 3 हजारभन्दा अधिक प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *