सिलगढीमा अन्तर्राष्ट्रिय चेस टुर्नामेन्ट 2022-को आयोजना गरिने

सिलगढी : दार्जिलिङ डिस्ट्रिक्ट चेस एसोसिएसनको पहलमा तथा सारा बाङ्ग्ला दाबा संस्थाको व्यवस्थापनमा भोलि 20 अगस्तमा सिलगढी तथा उत्तरबंगमा प्रथम अन्तर्राष्ट्रिय चेस टुर्नामेन्ट 2022-को आयोजना गरिने भएको छ। सिलगढीको महेश्वरी भवनमा उक्त टुर्नामेन्टको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरेर दार्जिलिङ डिस्ट्रिक्ट चेस एसोसिएसनका सदस्यहरूले यसबारे जानकारी गराएका छन्। दार्जिलिङ डिस्ट्रिक्ट चेस एसोसिएसनका सभापति बाबलु तालुकदारले भने, भोलि प्रथम अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको आयोजना गरिएको छ। उक्त प्रतियोगिता स्वर्गीय लक्ष्मीकान्ति ब्यानर्जी र जयन्ती ब्यानर्जीलाई समर्पित गरिएको छ। भारतीय खेलाडी लगायत बङ्ग्लादेश, श्रीलंका, नेपालबाट लगभग 250 जना प्रतियोगीहरूले उक्त प्रतियोगितामा अंश ग्रहण गर्ने भएका छन्। अन्डर 11, अन्डर 17 र ओपन टु अल गरेर मोठ तीनवटा विभाग प्रतियोगिताको आयोजना गरिने भएको छ। बिहान 9 बजेर 30 मिनटमा सिलगढीको वर्द्धमान रोड संलग्न महेश्वरी भवनमा उक्त प्रतियोगिता शुरू गरिने भएको छ भने साँझ 6 बजी पुरस्कार वितरण गरिने भएको छ। उक्त प्रतियोगितामा 1 लाख रुपियाँ नगद पुरस्कार राखिएको छ। उक्त प्रतियोगितामा मुख्य अतिथिको रूपमा जीएम दिबेन्दु बरुवा, सिलगढीका पुलिस कमिश्नर लगायत सिलगढी नगरनिगमका विशिष्ट व्यक्तिहरू उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *